काठमाडौं, १४ जेठ । सरोकारवालाहरुले सामुदायीक रेडियो प्रसारण नीति स्पष्ट बनाउन सरकारसँग आग्रह गरेका छन् । सोमबार राजधानीमा आयोजित कार्यक्रममा सहभागीहरुले सरकारले समयमै सामुदायीक रेडियो प्रसारण नीति नबनाउँदा जथाभावी रेडियो खुलेको र जिम्बेवारी बहन नगरेको आरोप लगाए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधी राज्यमन्त्री गोकुल बाँस्कोटाले चाँडै नीति ल्याउने तयारी भइरहेको बताए । उनले व्यापारिक रेडियो र सामुदायीक रेडियोको बर्गिकरण गरेर नीति बनाउने स्पष्ट पारे ।
उनले सामुदयीक रेडियोले धर्म संस्कृति भाषा र स्थानीय जनभावनाको कदर गर्दै कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । हाल नेपालमा ३ सय ६५ सामुदायीक रेडियो सञ्चालनमा रहेका छन् ।