झापा, १४ जेठ । इलाका प्रहरी कार्यालय अनारमनी झापामा मोबाइल हराएको उजुरी धेरै पर्ने गरेको छ । एक वर्षको अवधिमा २ सय ५० वटा मोबाइल हराएको उजुरी परेको छ ।
इलाका प्रहरी कार्यालयले १५ वटा मोबाइल फेला पारेर सम्बन्धित मोवाइल धनीलाई जिम्मा लगाइएको जनाएको छ । तर स्थानीयले भने मोबाइल हराएको उजुरी दिएपनि प्रहरीले खोजी नगरेको आरोप लगाएका छन् ।
अनारमनीका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले हराएको मोबाइलको खोजी गर्ने गरेको दाबी गर्र्दै नागरिक आफै पनि सचेत हुनुपर्ने बताए । अपराध महाशाखा परिसरको तथ्याङ्क अनुसार दैनिक ३२ वटा भन्दा धेरै मोबाइल हराएको उजुरी पर्ने गरेको छ ।




