जेठ महिना भित्रै सबै तहमा कर्मचारीको व्यवस्थापन : मन्त्री लालबाबु | ईमाउण्टेन समाचार

Our Network

पुष २२ २०८१, सोमबार

जेठ महिना भित्रै सबै तहमा कर्मचारीको व्यवस्थापन : मन्त्री लालबाबु

आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने सबैलाई छुट 

काठमाडौं, १२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जेठ महिना भित्रै सबै तहमा कर्मचारीको उचित व्यवस्थापन गर्ने महत्वकांक्षी योजना अघि सारेका छन् ।

मन्त्री पण्डितले सरकारले संघीयताको व्यवस्थापनका लागि असार महिना भित्र प्रशासनिक संक्रमणकाल अन्त्य गर्ने लक्ष्यका साथ काम गरिरहेको दावी गरे ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले स्थानीय, प्रदेश र केन्द्रमा कर्मचारीको उचित व्यवस्थापनका लागि सरकारले ९० प्रतिशत काम सम्पन्न गरिसकेको जानकारी दिए।

मन्त्री पण्डितले सरकारबारे नकारात्मक टिप्पणी नगर्न सुझाव दिए । संघीयताको व्यवस्थापनका लागि काम गरिरहँदा पनि सरकारलाई संघीयता विरोधीको आरोप लगाएकोमा मन्त्री पण्डितको आपत्ति छ ।

मन्त्री पण्डितले आफ्नो सम्पत्ति विवरण चित्त नबुझे बैंकमै गएर हेर्ने छुट सबैलाई रहेको बताए । २०७० सालमा पहिलो पटक मन्त्री भएको र ससुरालीले दिएको जग्गा नै आफ्नो सम्पत्तिको स्रोत भएकाले यसमा अनावश्यक टिप्पणी नगर्न उनले आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता संजय गौतमले सरकारको सय दिन आशा लाग्दो नभएको टिप्पणी गरे । उनले सरकारको नीति तथा कार्यक्रमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत विकास गर्न समेत आवश्यक कार्यक्रम तय गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

काँगे्रस नेता गौतमले गरिवी निवारण, बसोबास व्यवस्थापन, भूमिहिनको समस्या समाधान गर्न पनि सरकारको नीति तथा कार्यक्रमले कुनै प्रतिवद्धता नजनाएको दावी गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);