‘मनोरन्जन र रेष्टुराँ’ सेवाका नाममा लुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

‘मनोरन्जन र रेष्टुराँ’ सेवाका नाममा लुट

apradhi

काठमाडौं, १२ जेठ । राति मनोरन्जन र रेष्टुराँको सेवा लिन ठमेल र दरवामार्ग क्षेत्रमा सञ्चालित डान्स, डिस्को र दोहोरी जाँदै हुनुहुन्छ भने होशियार ! लुटिनु र कुटिनु होला । त्यहाँ सञ्चालित रेष्टुराँहरूले ग्राहकसँग ‘ओभर बिलिङ’ ( चर्को मूल्य) असुल गर्ने र पैसा नतिरेमा अपहरण शैलीमा बन्धक बनाई कुटपिटका साथै लुटपाट गर्ने गरेको पाइएको छ ।

महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले ठमेल र दरवारमार्ग क्षेत्रमा सञ्चालित डान्स, डिस्को र दोहोरी रेष्टुराँमा सेवा लिन आउनेहरूलाई होशियार हुन आग्रह गरे।

केही दिनअघि ठमेलमा रहेको नाइट फेवा रोधीमा दुईजना सञ्चारकर्मी कुटिएको घटना स्मरण गराउदै उनले भन्नुभयो,‘ सेवा लिन दोहोरी गएका सञ्चारकर्मीमाथि विलको विषयलाई लिएर आक्रमण भयो । ’

दोहोरीमा एकहाफ खुकुरी रम मदिरा, एक सट मिनी हुक्का र एक प्लेट चिकेन खाएको देखिन्छ’ वृत्त प्रमुख मल्लका अनुसार त्यति खानेकुराका रेष्टुराँ सञ्चालकले साढे पाँचहजारको विल थमाए । यतिको खाएको छैनभन्दा उल्टै कुटपिट गरे ।

ग्राहकलाई ओभर विल बनाइ लुटपाट र कुटपिट गर्ने नाइट फेवा दोहोरीका सञ्चालक र कर्मचारीलाई पक्राउ गरी कारवाही गर्नुका साथै सञ्चारकर्मीबाट लुटिएको पाँचहजार रुपियाँ फिर्ता गराउन लगाएको जानकारी पनि उनले दिए ।

रातिको समयमा मनोरन्जन गर्न आउने ब्यक्तिलाई सडकबाट फकाइ फुलाई रेष्टुराँसम्म लैजाने, बढी विल देखाइ अपहरण शैलीमा बन्धक बनाई लुटपाट र कुटपिट गर्ने १२ वटा भन्दा रेष्टुराँलाई कारवाही गरिएको उहाँले बताए ।

ठमेलको आधा भाग दरवारमार्ग प्रहरीको क्षेत्राधिकारभित्र पर्ने भएकाले अपराध जन्य क्रियाकलापसँग संलग्न ब्यक्तिलाई पक्राउ गर्न समस्या पर्नेगरेको छ । दरवारमार्ग वृत्त प्रमुख मल्लले यस्ता रेष्टुराँहरुमा नेपालीभन्दा भारतीय नागरिक बढी ठगिने र लुटिने गरेको जानकारी दिए ।

दरवारमार्गमा रहेको नाइटमहल र जेडिएस नाम गरेको दुईटा डान्स रेष्टुराँले पटक–पटक गरी ५० भन्दा बढी भारतीय नागरिकलाई ठग्नुका साथै लुटपाट र कुटपिट गरेको जानकारी दिए ।

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);