काठमाडौं, १० जेठ । बिहीबारबाट काठमाडौंको भृकुटीमण्डपमा ‘हिसान शैक्षिक मेला’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रमकाबीच मेलाको उद्घाटन गरेका छन् ।
४ दिनसम्म चल्ने मेलाले ‘उत्कृष्ट शिक्षा नेपालमै…’ भन्ने सन्देश दिने हिसानका वरिष्ठ उपाध्यक्ष युवराज शर्माले जानकारी दिए । मेला उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुका लागि उपयोगी हुने विश्वास गरिएको छ ।
मेलामा नेपालका उत्कृष्ट विद्यालयहरुका १ सय ५० वटा स्टल रहेका छन् । ती स्टलहरुले नेपालको गुणस्तरीय शिक्षा, त्यसको स्तरीय पाठयक्रमबारे शिक्षा क्षेत्रमा चाँसो राख्ने सबैलाई विस्तृत जानकारी दिने हिसानको दावी छ ।
हिसानले विगत ५ वर्ष यता हरेक वर्ष शैक्षिक मेला आयोजना गर्दै आएको छ । यस वर्ष मेलामा २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।