काठमाडौं, ८ जेठ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जैविक विविधताको संरक्षणसँगै सही उपयोग गर्ने विषय चुनौतिपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा मंगलबार ललितपुरको खुमलटारमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले जैविक विविधतालाई पुँजीकृत गर्नु मुख्य चुनौति रहेको बताए ।
पूर्वाधारका काम गर्दा सँधै जैविक विविधता संरक्षणको कुरा उठ्ने गरेको भन्दै मन्त्री बस्नेतले परिस्कृत र योजनावद्ध ढंगले संरक्षरण र विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए ।