आगामी असार १ देखि ५ गतेसम्म ७ औं घरजग्गा मेला काठमाडौंमा आयोजना हुने | ईमाउण्टेन समाचार

Our Network

असोज २४ २०८१, बिहीबार

आगामी असार १ देखि ५ गतेसम्म ७ औं घरजग्गा मेला काठमाडौंमा आयोजना हुने

ghar jagga mela

काठमाडौं, ८ जेठ । आगामी असार १ देखि ५ गतेसम्म ७ औं घरजग्गा मेला काठमाडौंमा आयोजना हुने भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलामा घरजग्गा व्यवसायको वर्तमान अवस्था तथा यसका समस्या र समाधानका उपायसहितको भावी अवसरका विषयमा सूचना तथा जानकारी उपलब्ध गराइने आयोजकले जनाएको छ । नेपाल जग्गा तथा आवास विकास संघले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । नयाँ नेपाल निर्माणका लागि वैज्ञानिक, व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा शहरीकरणमा योगदान पु¥याइरहेका व्यावसायीहरु र यसका उपभोक्ताहरुलाई एकै थलोमा भेला गराई नेपाली रियल स्टेट व्यवसायको यथार्थ र वास्तविकताबारे जानकारी दिने आयोजकले बताएको छ ।

मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले आ—आफ्नो सेवा तथा उत्पादनहरुको प्रर्दशन गर्नेछन् । मेलामा भूकम्प प्रतिरोधी घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामाग्रीका उत्पादन तथा विक्रेता, ईन्जिनियरिङ तथा आर्किटेक कन्सल्ट्यान्टका साथै बैंक र वीमा कम्पनीहरु सहभागी हुनेछन् । असार ४ र ५ गते दोस्रो हाउजिङ समिट पनि हुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);