४ बालबालिकाको डुबेर मृत्यु, सिङ्गो गाउँ शोकमग्न ! | ईमाउण्टेन समाचार

Our Network

असोज २१ २०८३, बिहीबार

४ बालबालिकाको डुबेर मृत्यु, सिङ्गो गाउँ शोकमग्न !

child death body

काठमाडौं, ८ जेठ । लुम्बिनी नजिकैको गद्धिडिहवा गाउँको दिनचर्या सोमबार पनि अन्य दिनझै सामान्य थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मा पर्ने यस गाउँको मुस्लिम समुदाय रीतिरिवाजअनुसार मुस्लिम पर्व रमजान मनाईरहेको थियो । मध्यानतिर एकाएक गाउँको माहोल बदलियो । पुरै गाउा शोकमा डुब्यो । साढे ११ बजे नजिकैको नौखनिया भनिने पोखरीमा नुहाउने क्रममा डुबेका चार बालिकाको मृत्यु भएको हो ।

उनीहरु चारै मुस्लिम समुदायका हुने भने दुई जना एकै परिवारका । मृत्यु हुनेमा स्थानीय सरोबेद्धिन मुसलमानकी छोरी १४ बर्षीया साहबिया खातुन, सौकत अली मुसलमानकी छोरी १० बर्षीया सहमा खातनु, मोहम्मद सरिफ गद्धीकी छोरी १० बर्षिया अविदा खातनु रकम हुसैन गद्धीकी छोरी ९ बर्षीया मुमिना खातुन छन् ।, आजको कान्तिपुरमा यो खबर छ ।