गाजामा प्यालेस्टाइन संघर्षबारे अधिकांश मुस्लिम मुलुक मौन किन ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

गाजामा प्यालेस्टाइन संघर्षबारे अधिकांश मुस्लिम मुलुक मौन किन ?

एजेन्सी, ४ जेठ । गाजामा पछिल्ला केही दिनमा इजरायली आक्रमणबाट कम्तिमा ६० प्यालेस्टाइनी मारिएका छन् । तर, यसबारे अधिकांश मुस्लिम देश मौन छन् । खासगरी साउदी अरब मातहत रहेका देशहरुले गाजामा इजरायली आक्रमणबारे केही बोलेका छैनन् । मध्येपूर्वका मुस्लिम देश शिया र सुन्नीको लाइनमा यसरी बाँडिएका छन् कि यसले इजरायललाई बल पु-याइरहेको देखिन्छ ।

पछिल्लो समय साउदी अरब नै इजरायलको भाषा बोल्न थालेको बताइन्छ । इजरायल र साउदी अरब दुबै मुलुक कतारको न्यूज च्यानल अल–जजीरा बन्द गर्न माग गरिरहेका छन् । साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमान मध्यपूर्वका लागि इरान सबैभन्दा ठूलो खतरा भएको मान्छन् ।  जुन इजरायलको सोचसँग ठ्याक्कै मेल खान्छ ।

मध्यपूर्व मामिलाका जानकार कमर आगा मध्यपूर्वमा इरान कमजोर बनेमात्रै आफू बलियो हुने साउदीको सोचका कारण अमेरिका र इजरायलको बर्चस्व बढीरहेको बताउँछन् । उनका अनुसार इरान बलियो हुनु नै मध्यपूर्वको हकमा हुनेछ ।

प्यालेस्टाइनीहरु सुन्नी हुन् । संसारभरका कतिपय शक्तिशाली इस्लामिक देश सुन्निहरुकै छ । यस्तोमा इजरायली आक्रमणबाट प्यालेस्टाइनी मारिरहँदा ती शक्तिशाली देशहरु चुपचाप छन् । यहाँसम्म कि मध्यपूर्वमा शिया देश इरान, इजरायलसँग भिड्न खोजिरहेको छ । तर, सुन्नी देश साउदी भने इजरायलको साथमा छन् ।

कुनै पनि इस्लामिक मुलुकले प्यालेस्टाइनका लागि कहिले पनि दमदार आवाज उठाएका छैनन् । इस्लामिक धार्मिक कट्टरपन्थीहरुले समेत प्यालेस्टाइनलाई साथ दिएका छैनन् । अब प्यालेस्टानको संघर्ष साउदी र इरानको लडाईंमा दबिएको मध्यपूर्व मामिलाका जानकार कमर आगाको बुझाइ छ ।

उनका अनुसार पूरै क्षेत्रमा शिया र सुन्नीबीच प्रतिस्पर्धा चरम उत्कर्षमा छ । विश्लेषक आगा मान्नुहुन्छ कि इराकमा शिया सरकार हुनु सुन्नी देशका लागि सह्य देखिएको छैन । इराकमा शिया सरकार रहिरहे इरानको प्रभाव बढ्ने चिन्ता साउदीलाई छ ।

इस्लामिक देशहरुमा शक्तिको सन्तुलन इरानतर्फ शिफ्ट भएको छ । स्मरणीय छ, इरान बलियो हुनुको मतलब मध्यपूर्वमा शियाहरु सुन्निहरुका लागि भारी हुनु हो । सिरिया, इराक, इरान, यमन र लेबनानमा शिया जनसंख्या बढी छ र उनीहरुले दमनको सामना गर्नुपरेको छ ।

अहिले शियाहरु आफूलाई अलि बजबुत स्थितिमा रहेको महशुस गरिरहेका छन् । तर, यसमा कुनै शंका छैन कि शिया र सुन्नीको लडाईंबाट यदि कसैलाई फाइदा भइरहेको छ भने त्यो इजरायल हो । इजरायल र साउदीको सम्बन्ध पनि यसरी नजिक देखिन्छ कि दुबै देश इरानका विरोधी हुन् ।

इजरायली अखबार द जेरुशलम पोस्टले यही वर्ष जनवरीमा आफ्नो एक रिपोर्टमा भनेको थियो कि इरानविरुद्धको लडाईंमा दुश्मन एक ठाउँमा उभिएपनि साउदीलाई इजरायलबाट सैन्य मद्दत सहजै मिल्ने छ ।

इजरायल र साउदी अरबबीचको सम्बन्ध पूर्णत संग्लो भने छैन । जबसम्म साउदी अरब इजरायलाई औपचारिक रुपमा मान्यता दिँदैन, तबसम्म दुई देशबीचको सम्बन्धको भर हुनेछैन । तर, साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले यही वर्ष अमेरिकी पत्रिका द एट्लान्टिकलाई दिएको एउटा अन्तर्वार्तामा संकेत दिएका छन् कि आगामी दिनमा साउदीले इजरायलाई औपचारिक मान्यता दिन सक्नेछ ।

त्यसैले पनि साउदी प्यालेस्टाइनीको पक्षमा नबोलेको हो । यस्तै प्यालेस्टाइन संघर्षबारे परमाणु शक्तिसम्पन्न देश पाकिस्तान पनि चुपचाप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);