नेपालको मेडिकल डिग्रीलाई मान्यता दिन भारत सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नेपालको मेडिकल डिग्रीलाई मान्यता दिन भारत सकारात्मक

tu

काठमाडौं, ४ जेठ । नेपालका विश्वविद्यालय तथा स्वास्थ्य प्रतिष्ठानले दिएको उपाधि र नेपाल मेडिकल काउन्सिलले दिएको लाइसेन्सलाई मान्यता दिन भारत सरकार सकारात्मक देखिएको छ । भारतमा उपाधि पाएका चिकित्सकलाई नेपालले मान्यता दिएको छ भने नेपालमा उपाधि हासिल गरेका चिकित्सकलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिएको छैन ।

नेपाल मेडिकल काउन्सिलले भने दुवै पक्षलाई सहज हुने बाटो खोल्नुपर्ने जनाएको छ । काउन्सिलका अध्यक्ष प्रोफेसर डा. धर्मकान्त बाँस्कोटाका अनुसार उपाधि दिने विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठान हुन् । विश्वविद्यालयले डिग्री हासिल गरेका चिकित्सकलाई उपाधि दिए पनि मेडिकल काउन्सिलको मान्यता अनिवार्य आवश्यक पर्छ । मेडिकल काउन्सिलले मान्यता नदिएको अवस्थामा उक्त मेडिकलको डिग्री शून्यमा परिणत हुन्छ ।

बाँस्कोटाले भने, ‘भारतका सबै मेडिकल डिग्रीलाई त्यहाँको काउन्सिलले मान्यता दिएको छ । उनीहरूले दिएको मान्यताका आधारमा नेपालका विश्वविद्यालय र मेडिकल काउन्सिलले मान्यता दिएका छन् । जसका कारण उनीहरूले नेपालमा आएर सहज रूपमा काम गर्न पाएका छन् । तर, नेपालको विश्वविद्यालय र स्वास्थ्य प्रतिष्ठानको डिग्रीलाई भारतको मेडिकल काउन्सिलले मान्यता दिएको अवस्था छैन । यो अत्यन्तै निन्दनीय विषय हो ।’

क–कसलाई मान्यता
भारतले महाराजगन्ज मेडिकल क्याम्पस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही विषयलाई मात्रै मान्यता दिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको एउटा डिग्रीलाई पनि मान्यता दिएको छैन । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका केही विषय र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएम महाराजगन्ज क्याम्पसका सातवटा विषयलाई पनि मान्यता दिएको छ । काउन्सिलका अध्यक्ष प्रोफेसर डा. धर्मकान्त बाँस्कोटाका अनुसार २१ विषयमा पोस्ट ग्र्याजुएट चलाउँदा सात विषयलाई मात्रै डिग्रीमा मान्यता दिएको छ ।

भारतको मेडिकल काउन्सिलको नियममा परस्परमा मान्यता दिन सकिने उल्लेख छ । सोही विषयलाई आधार बनाउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका वेला काउन्सिलले उक्त विषय उठाएको हो । कानुनी रूपमा उल्लेख भए पनि नेपालका सबै विषयलाई मान्यता दिइएको छैन । उनले भने, ‘तपाईंहरूले मानेका विषयलाई हामीले मानेका छौँ । हामीले मानेका विषयलाई तपाईंहरूले किन नमान्ने भनेर प्रधानमन्त्री मोदीलाई समस्या समाधान गर्न पहल गरेका हौँ ।’ बाँस्कोटाका अनुसार विषयवस्तु, बिरामीको उपचार, बिरामीको चाप, अप्रेसन, आधुनिक ल्याब, मेडिकल अनुसन्धान, कृति प्रकाशन आदि विषय हेरिन्छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);