कतारमा नेपाली कामदारका समस्या समाधान गर्न सिफारिस | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८२, बिहीबार

कतारमा नेपाली कामदारका समस्या समाधान गर्न सिफारिस

katar

काठमाडौं, ३ जेठ । कतारस्थित नेपाली दूतावासले तीन महिनाको अवधिमा रोजगारदाता कम्पनीबाट तलब तथा सेवासुविधा नपाएका ८ सय २७ नेपाली कामदारको समस्या समाधानका लागि कतार सरकारसमक्ष सिफारिस गरेको छ ।

दूतावासले पीडित नेपाली कामदारसँग निवेदन लिई समाधानका लागि कतार सरकारको श्रम विभागमा पठाएको हो । दूतावास आफैंले रोजगारदातासँग समन्वय गरी नसुल्झेका विषय समाधानका लागि कतारी निकायसमक्ष पठाउने व्यवस्था छ ।

पीडितमा तीन महिना भन्दा बढी तलब तथा सेवा सुविधा नपाउनेहरु छन् । दूतावास आफैंले ५ सय ३० नेपालीको कामदारको समस्या समाधान गरेको जनाएको छ । आजको कान्तिपुरले पृष्ठ ४ मा यो समाचार छापेको छ ।