काठमाडौं, ३ बैशाख । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २५ औं स्मृति दिवस मनाईंदै छ ।
एमालेले मदन आश्रित स्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम राखेको छ । एमालेका नेताहरुले काठमाडौंको बल्खु पुगेर भण्डारी र आश्रितप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । भण्डारी र आश्रितको २०५० सालको जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा परी मृत्यु भएको थियो । त्यतिखेर प्रतिपक्षमा रहेको एमालेले दुर्घटनामा नेपाली कांग्रेसको हात रहेको आरोप लगाउँदै आफ्नो नेतृत्वमा सरकार बनेपछि छानबिन गरेर दोषीलाई कार्बाही गर्ने बताएको थियो ।
तर २०५० सालपछि पाँच पटक सरकारको नेतृत्व गर्दा पनि एमालेले घटनाको छानबिनमा ध्यान दिएको छैन । दुर्घटनालाई अझै पनि रहस्यमय रुपमा लिइन्छ ।