काठमाडौं, ३ जेठ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।
नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/ दुई रुपैयाँ बढाएको छ । मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० तथा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९२ रुपैयाँ पुगेको छ ।