काठमाडौं, २ जेठ । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई टुंगोमा पुर्याउन बिहिबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार विहान भएको छलफल भएपछि विहिबार विहानको लागि एकता संयोजन समितिको बैठक बोलाइएको हो । पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्यप्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
बैठकपछि नेताहरुले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने बताए । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली र दाहालबीचको बैठकले पार्टी एकतामा ढिलाई हुँदा गलत सन्देश गएको निष्कर्ष निकालेको छ ।