औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट निर्माण गर्न सुझाव | ईमाउण्टेन समाचार

Our Network

असार २६ २०८१, मंगलबार

औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट निर्माण गर्न सुझाव

काठमाडौं, ३१ वैशाख । औद्योगिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी बजेट निर्माण गर्न व्यवसायीले सरकारलाई सुझाव दिएका छन् । नेपाल इकोनोमिक एशोसिएसनले सोमबार आयोजना गरेको ‘प्रि बजेट’ छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आर्थिक समृद्धि हासिल गर्न उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

व्यापार घाटा कम गर्न पनि सरकारले उद्योगहरुलाई सहुलियत दिने गरी बजेट ल्याउनुपर्नेमा उनको जोड थियो । औद्योगिक क्षेत्रलाई विश्वासमा लिन सके सरकारको लक्ष्यअनुसार रोजगारीको अवसर सृजना हुने गोल्छाको भनाइ छ ।

कार्यक्रममा अर्थविद्हरुले पनि उद्योग स्थापनामा जोड दिनेगरी बजेट आए मुलुकको व्यापार घाटा कम गर्न सकिने धारणा राखेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);