शरीरको दुखाई कम गर्ने यि हुन् घरेलु उपाय | ईमाउण्टेन समाचार

Our Network

माघ ११ २०८१, शुक्रबार

साउन ३२, एजेन्सी । दिनभरको भागदौडका कारण जो कोही व्यक्तिले पनि थकान महशुस गर्नु अथवा शरीरमा दुखाई हुनु सामान्य नै हो । तर लगातारको व्यस्तताले शरीरमा हुने दुखाईको पीडा बढ्दै जाँदा यसले विकराल रुप पनि लिन सक्छ । त्यसैले व्यस्तताकै बाबजुद पनि हामीले घरमै बसेर शरीरको दुखाई कम गर्न सक्छौँ ।

१. ल्वाङ अथवा मरिच
चिया बनाउने समयमा थोरै ल्वाङ, थोरै मरिच र थोरै अदुवा पिसेर राख्ने र एकैछिन उमालेर पिउने ।

२ . शरीरमा दुखाई हुँदा आधा चम्चा बेसारको धुलो एक गिलास दूधमा राखेर पिउने गर्नाले पनि आराम मिल्छ ।

३. सर्सिउँको २ चम्चा तेलमा पाँच केस्रा लसुन राखेर तताउने । उक्त तेल दुखेको ठाउँमा लगाएर मालिस गर्दा पनि उचित हुन्छ ।

४. अदुवाको बोक्रा फालेर त्यसलाई तातो बनाउने । तातो बनाईसकेको अदुवालाई कटनको कपडामा बरेर दुखेको ठाउँमा सेक्ने ।

५. एक चम्मा दालचिनीको धुलोलाई थोरै महमा मिसाएर मततातो पानीमा राख्ने । यसरी तयार भएको लेप दुखेको ठाउँमा लगाउने ।

६. तातो पानीमा नुन राखेर उक्त पानीलले कपडा भिजाउने र दुखेको ठाउँमा सेक्ने ।

यि घरेलु उपाय मार्फत कामको कारण शरीरमा हुने दुखाईलाई कम गर्न सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);