मोदीको भ्रमणबारे संसद्लाई जानकारी गराउने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

पुष २४ २०८१, बुधवार

मोदीको भ्रमणबारे संसद्लाई जानकारी गराउने : प्रधानमन्त्री ओली

pm kp oli

काठमाडौं, ३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीको भ्रमणबारे संसद्लाई जानकारी गराउने भएका छन् ।

प्रधानमन्त्री ओलीले अहिले केहीबेरमा बस्ने प्रतिनिधिसभाको बैठकमा भारतीय प्रधानमन्त्ती मोदीको भ्रमणबारे जानकारी गराउने भएका हुन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि संसद्मा छलफल हुँदै छ । प्रधानमन्त्री ओलीले विशेष समय लिएर मोदीको भ्रमणबारे जानकारी गराउने ओलीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाले वैशाख २६ गते आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसद्मा पेश गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);