काठमाडौं, २८ बैशाख । नेपालमा भोकमरीको अवस्था गम्भिर बन्दै गएको भन्दै अर्थविद्हरुले कृषिमा लगानी बढाउनु पर्नेमा जोड दिएका छन ।
बिहिवार साउथ एसिया नेटवर्क ईकोनोमिक इन्ष्टिच्युटले राजधानीमा गरेको कार्यक्रममा नेपाल भोकमरी सूचकांकमा नेपाल ७२ औं स्थानमा रहेको भन्दै उत्पादनमा बढाउने खालको योजना ल्याउनुपर्ने जोड दिएका छन । कृषिमा आधुनिकरण र प्रविधिमैत्री बनाउदै स्वदेशी उत्पादनलाई बढावा दिदै लैजानु पर्नेमा उनीहरुको जोड छ ।
नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा राम्रो अवस्थामा रहेको देखिए पनि सूचकांकको हिसाबले नेपालमा भोकमरीको अवस्था गम्भीर रहेको छ । नेपालमा कुल जनसंख्याको ७.८ प्रतिशत कुपोषित रहेको देखिएको छ । नेपालमा भन्दा दक्षिण एसियाका अन्य मुलुकहरुमा भोकमरीको अवस्था अझै गम्भीर रहेको देखिएको छ ।