भौतिक र सामाजिक पूर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

भौतिक र सामाजिक पूर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण

baburam bhattarai

काठमाडौं, २८ बैशाख । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले भौतिक पूर्वाधार र सामाजिक पूर्वाधार विकासका विषयलाई मुख्य प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

विहिबारको प्रतिनिधीसभाको बैठकमा नयाँ शक्ति पार्टी नेपालका संयोजक समेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईले बजेट तर्जुमा गर्दा भौतिक पूर्वाधार र सामाजिक पूर्वाधारका विषयलाई प्राथमिकता दिन सुझाव दिएका हुन् । उनले पूर्वाधारको विकास नै मुलुकको अहिलेको आवश्यकता भएको भन्दै समाजवादका ठूला कुरा नगर्न एमाले र माओवादी केन्द्रलाई चेतावनी दिए । समाजवादका नाममा सामाजिक सुरक्षामा बजेट छरे त्यसले मुलुकको विकास पछि पर्ने उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले बैंक तथा वित्तीय संस्थाले उपभोग्य क्षेत्रमा लगानी कम गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति अवलम्बन गर्न र जमिनमा सरकारको नियन्त्रण कायम गर्न सुझाव दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);