यस्तो छ मोदीको भ्रमण कार्यतालिका | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

यस्तो छ मोदीको भ्रमण कार्यतालिका

modi

काठमाडौं, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार विहान नेपालको राजकीय भ्रमणमा आउँदै छन् । मोदीको नेपाल भ्रमण अवधिमा हुने कार्यक्रम र भेटघाटको समयतालिका सार्वजनिक गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दुई दिने राजकीय भ्रमणका लागि शुक्रबार विहान सवा दश बजे नयाँ दिल्लीबाट बिहारको राजधानी पटना हुँदै भारतीय वायुसेवाको विशेष विमानबाट जनकपुर विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ।

विमानस्थलमा नेपाल सरकारका तर्फबाट रक्षामन्त्री ईश्वर पोखरेल र २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने छन् ।

त्यसपछि १०:३० बजे भारतीय प्रधानमन्त्री मोदी पूजा आराधनाका लागि जानकी मन्दिर जाने कार्यक्रम रहेको छ । मोदीलाई जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् । त्यसपछि ११:४५ मा बाह्रबिघा मैदानमा मोदीले २ नम्बर प्रदेश र जनकपुर उप–महानगरपालिकाबाट नागरिक अभिन्दन ग्रहण गर्ने कार्यक्रम छ ।

बाह्रविघा खेलमैदानमा नागरिक अभिन्दनमा सहभागी भएपछि अपरान्ह १२:२५ बजे सीधा जनकपुर विमानस्थलबाट भारतीय हवाई सेनाको विशेष हेलिकप्टरबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गर्नेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोदी केहीबेर आरामको लागि होटल हायत रिजेन्सी बौद्ध जाने छन् ।

त्यसपछि ४ बजे प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीको सम्मानमा सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर प्रदान गर्ने कार्यक्रम छ । त्यसका लागि चावहिल, गौशाला, एयरपोर्ट, तीनकुने, बानेश्वर हुँदै सैनिक मञ्च टुँडिखेलका लागि प्रस्थान गर्नेछन् ।

त्यसपछि ४:३५ बजे प्रधानमन्त्री मोदी र उपराष्ट्रपति नन्दबहादुर पुनबीच बहादुर भवन कान्तिपथ स्थित उपराष्ट्रपति कार्यालयमा शिष्टाचार भेटवार्ता हुनेछ । ५ बजे मोदी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच राष्ट्रपति कार्यालय शितलनिवासमा भेट हुनेछ ।

६ बजे प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा होटल द्धारिकाजमा रात्री भोजको आयोजना गर्ने र प्रधानमन्त्री मोदी बस्ने होटल हायत बौद्ध जाने बताइएको छ ।

वैशाख २९ गते भारतीय प्रधानमन्त्री मोदी बिहान ६ बजे मुस्ताङमा रहेको मुक्तिनाथ दर्शनको लागि विशेष हेलिकप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने र ८:३० बजे मुक्तिनाथमा पुजा गर्ने कार्यक्रम छ ।

मुक्तिनाथ दर्शन पश्चात १०:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएर १०:४० बजे विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान गर्नेछन् ।

त्यसपछि ११:३० बजे होटल हायात प्रस्थान गर्ने कार्यतालिका छ । दिउँसो २ बजे महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान गर्नेछन् ।

३:३० बजे काठमाडौँ महानगरले उनलाई नागरिक अभिनन्दन गर्ने छ ।  प्रधानमन्त्री अाेलीसँग संयुक्त पत्रकार सम्मेलन तथा अरुण तेस्रोको उद्घाटन गरी बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान गर्ने कार्यक्रम छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उनकाे बिदाइ गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);