विराटनगर, २६ वैशाख । साढे ३३ किलो सुन तथा सनम हत्या काण्डका आरोपीविरुद्ध भोलि जिल्ला आदालत मोरङमा थुनछेक बहस शुरु हुने भएको छ ।
बहसका प्रतिवादीको तर्फबाट हालसम्म ४४ वकिलले वकालतनामा दर्ता गराएको अदालतको मुद्दा शाखाले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तको बयान जिल्ला अदालतले हिजो नै रेकर्ड गरिसकेको छ । अभियुक्त धेरै भएकाले निरन्तर रुपमा बहस चेल्दा पनि बहस सकिन एक सताभन्दा बढी समय लाग्ने कानुन व्यवसायीको अनुमान छ ।
सुन काण्ड र सनम हत्या प्रकरणमा बहालवाला वरिष्ठ उपरीक्षक दिवेश लोहनी, डिएसपी प्राजित केजी, डिएसपी संजय राउत, पूर्वडिआईजी गोविन्द निरौला, निलम्बित प्रहरी उपरीक्षक विकाराज खानाललगायत मुछिएकाले निकै चासोका साथ हेरिएको छ ।