प्रहरी झुक्याउन आठ सिमकार्ड | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रहरी झुक्याउन आठ सिमकार्ड

Man using mobile smartphone.

भक्तपुर, २६ बैशाख । थिमी नगरपालिकाका प्रमुखमाथि आक्रमण गर्ने मुख्य अभियुक्तले १७ दिनमा आठवटा सिमकार्ड बदलेको भेटिँदासमेत अभियुक्त पक्राउ गर्न प्रहरी असफल बनेको छ ।

थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिले मोबाइल सिम परिवर्तन गरिरहँदा पक्राउमा समस्या देखिएको प्रहरीको भनाइ छ । प्रहरीले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्ने व्यक्तिको पहिचान भएको बताएको लामो समय बितिसक्दा पनि पक्राउ नपर्नु सिम परिवर्तन नै प्रमुख कारण भएको स्पष्ट पारेको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आक्रमणमा संलग्न व्यक्तिले आठवटा सिम परिवर्तन गरिसकेका छन् । ‘आक्रमणमा संलग्न व्यक्तिले हालसम्म आठवटा सिम परिर्वतन गरिसकेको अनुसन्धानबाट खुल्न आएको छ, हामी छिट्टै मुख्य अपराधीलाई पक्राउ गरी सार्वजनिक गर्नेछौं,’ प्रमुख जिल्ला अधिकारी भट्टले भने । घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उज्ज्वल महर्जनले नगर प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरूको धेरै नजिक प्रहरी पुगिसकेको दाबी गरे ।

सो घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ठिमी वृत्तमा राखिएका उनीहरूलाई जिल्ला अदालत भक्तपुरबाट म्याद थप गर्दै अनुसन्धान जारी राखिएको छ । यद्यपि, वास्तविक आक्रमणकारीलाई नियन्त्रणमा लिन प्रहरीले सकेको छैन ।थिमी नगरपालिकाका प्रमुख श्रेष्ठमाथि ८ वैशाखमा सांघातिक हमला भएको थियो । बा८च ८७२० नम्बरको कार चढेर गट्ठाघरस्थित घर पुगेका उनलाई घरभित्र प्रवेश गर्ने क्रममा अज्ञात व्यक्तिले सांघातिक आक्रमण गरेका थिए ।

प्रमुख श्रेष्ठमाथि आक्रमण गर्नेहरूको पहिचान हुने सीसीटीभी क्यामेराको फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।नेपाल–कोरिया मैत्री अस्पतालमा उपचार गराइरहेका प्रमुख श्रेष्ठ शनिबार डिस्चार्ज भइसकेका छन् । आजको राजधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);