काठमाडौं, २५ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा राष्ट्रिय हितका मुद्धालाई प्राथमिकतामा राखेर छलफल हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पण्डितले मोदीको भ्रमणका क्रममा ठूलो लिष्ट लिएर प्रस्तुत नहुने भन्दै राष्ट्रिय हितका मुद्धालाई केन्द्रमा राखेर द्विपक्षीय हितका विषयमा छलफल हुने बताए ।
उनले भ्रमणका क्रममा नयाँ सम्झौता भन्दा पनि विगतका सम्झौता कार्यान्वयनका विषयमा छलफल हुने स्पष्ट पारे । मोदीको भ्रमण सफल बनाउन सरकारले आवश्यक तयारी गरिरहेको उनको भनाइ छ ।