सिन्डिकेटविरुद्ध सरकार कठोरः बैठकस्थलबाटै व्यवसायी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

सिन्डिकेटविरुद्ध सरकार कठोरः बैठकस्थलबाटै व्यवसायी पक्राउ

yogendra

काठमाडौं, २३ बैशाख । सिन्डिकेट जोगाउन आन्दोलनको योजना बनाइरहेका यातायात व्यवसायीलाई शनिबार साँझा प्रहरीले पक्राउ गरेको छ ।

बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको बैठकबाटै प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उपमहासचिव वसन्त भण्डारी, कोषध्यक्ष किरण खड्का र प्रदेश ३ का संयोजक धर्मराज रिमाल छन् ।

यातायात व्यवसायीलाई सिन्डिकेटको थप आन्दोलन चर्काउने विषयमा बैठक गर्दागर्दै पक्राउ गरिएको प्रहरीले जनाएको छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);