काठमाडौं, २२ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आगामी श्रावण देखि श्रमिकहरुको न्युनतम पारिश्रमिकमा वृद्धि गरिने र न्युनतम भन्दा तल नरहने गरि सबै श्रमिकको पारिश्रमिकको सुनिश्चितता पनि प्रदान गरिने प्रतिवद्धता जाहेर गरेका छन् ।
शनिबार राजधानीमा आयोजित संघिय संरचनामा अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रमजिवीका समस्याबाट सरकार टाढा नरहने आश्वासन दिए । मन्त्री विष्टले यो सरकार श्रमिकहरुकै भएकाले श्रम र श्रमिकको सधै सम्मान गरिने बताए ।
आधारभुत तहका जनताको जीवनलाई माथि उठाउने अठोट सरकारले लिएको भन्दै उनले श्रम र सरकारलाई फरक ढंगले नबुझ्न आग्रह गरे । श्रमजीवी जनताको सरकार हो भन्ने महसुस गर्ने गरि सरकारले व्यस्थापन गर्ने उल्लेख गर्दै उनले आफुलाई सरकार ठानेर सरकारको अभियानमा साथ दिन सम्पुर्ण श्रमजीविहरुलाई आव्हान गरे ।
मन्त्री विष्टले आगामी श्रावण देखि श्रमिकहरुको न्युनतम पारिश्रमिकमा वृद्धि गरिने र न्युनतम भन्दा तल नरहने गरि सबै श्रमिकको पारिश्रमिकको सुनिश्चितता पनि प्रदान गरिने प्रतिवद्धता जाहेर गरे ।
सामाजिक सुरक्षा कार्यक्रम मार्फत सुरक्षाको प्रत्याभुति दिने सन्र्दभमा सरकारले आवश्यक व्यवस्था मिलाउँदै गरेको उल्लेख गर्दै मन्त्री विष्टले भने आगामी एक बर्ष भित्र सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरिने छ ।