काठमाडौं, १७ बैशाख । नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सातौ नेपाल हब्र्स आयुर्बेदा एक्स्पो आयोजना गर्ने भएको छ ।
बैशाख २१ देखि २३ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोबारे आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अमृत जडीबुटी तपोभुमीको संकल्प, प्रयोग गरौ आरोग्य जीवनको विकल्प, स्वस्थ्य र सुखी नेपालीको चाहना, समृद्धिका लागि जडीबुटी उद्यम भन्ने मुख्य नारा रहेको अयोजकले बताएको छ । मेलामा नेपालमा उत्पादित औषधिजन्य जडिवुटिबाट निर्मित वस्तुहरु राखिनेछ । तीन दिनसम्म चल्ने मेलामा एक सय बढी स्टल रहनेछन् ।
मेलामा अर्गानिक प्रमाणित जडीबुटी, कृषि उत्पादन, नेचुरल एग्रो प्रोडक्टहरु, आर्युवेदिक औषधि र उपचार सेवा, सुगन्धित तेल, प्राकृतिक मह, यसक्षेत्रसंग सम्बन्धित प्रशोधन गर्ने मेसीनरी, तथा टुल्सहरु, कस्मेटिक प्रडक्टहरु, होमियोपेथी, नेचुरल ट्रिटमेन्ट, बनस्पतिका विरुवा, बिजन लगायतका स्टल रहनेछन् ।