काठमाडौं, १६ बैशाख । चीनलाई उपहार दिन चितवन राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको एक सिंगे गैंडालाई सौरहाको पिट बोमामा राखिएको छ ।
शनिबार निकुञ्जको टोलीले पोथी गैंडा नियन्त्रण गर्ने क्रममा दुई वर्षको भाले गैंडा नियन्त्रणमा लिएको होे । गैंडा नियन्त्रणका लागि बैशाख ६ देखि चिनिया प्रतिनिधिसहितको टोलीले प्रक्रिया सुरु गरेको हो ।
गैंडा नियन्त्रणका लागि दशवटा हात्ती परिचालन गरिएको निकुञ्जका सूचना अधिकारी नरेन्द्र अर्यालले जानकारी दिए । एक भालेसहित दुई पोथी गैंडा नियन्त्रणमा लिएपछि चार वटा गैंडा चीन पठाइनेछ ।




