हवाइ यात्रुको बिमा बढ्ने | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

हवाइ यात्रुको बिमा बढ्ने

aeroplane

काठमाडौं, १६ बैशाख । सरकारले हवाइ यात्रुको बिमा बढाउने मन्ट्रेयल कन्भेन्सन लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ । संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो ।

नेपालले मन्ट्रेयल कन्भेन्सनमा प्रतिबद्धता जनाएपनि हालसम्म संसदबाट अनुमोदन नहुँदा ६० वर्षदेखि एउटै बिमा रकम कायम हुँदै आएको छ र हवाई दुर्घटनामा मृत्यु हुने आफन्तका परिवारले थोरैमात्र बिमाको रकम पाउँदै आएका छन् । संसदबाट अनुमोदन भएमा १ लाख १२ हजार १ सय डलर कम्तिमा पुनर्बिमा कम्पनीबाट क्षतिपूर्ति पाउनेछन् । हाल भने प्रतिव्यक्ति २० हजार डलर मात्रै रहेको छ ।

ठूला देशहरुले वार्सा कन्भेन्सनलाई कार्यान्वयनमा लगेका छन्, जसमा बिमा रकम १ लाख ५० हजार डलर रहेको छ । तर नेपालले भने सन १९५५ को हेग प्रोटोकल कार्यान्वयनमा राखेको छ । ‘हाम्रो ढिलासुस्तीले अनुमोदन नहुँदा पीडित परिवारलाई झन पीडा दिने काम भइरहेकाले अब तत्काल संसदमा टेबुल हुनेछ,’ मन्त्री रवीन्द्र अधिकारीले भने ।कारोबार दैनिकमा खवर छापिएको छ । 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);