कांग्रेस बैठक आइतबार बिहान सम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

कांग्रेस बैठक आइतबार बिहान सम्मका लागि स्थगित

congress sarkar

निर्वाचनमा व्यहोर्नु परेको हारको जिम्मा कसले लिने भन्नेमा विवाद भएपछि प्रतिवेदन लेखन प्रभावित –

काठमाडौं, १५ वैशाख । प्रतिवेदन लेखनमा विवाद भएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आईतबार बिहान सम्मका लागि स्थगित भएको छ । र

शनिबार बिहान ९ बजेका लागि बोलाईएको बैठक अपरान्ह ४ बजे सम्मका लागि सारिएको थियो । तर अपरान्ह ४ बजेका लागि बोलाईएको बैठक पनि सांझ ७ बजे सम्म बस्न नसकेपछि आईतबार बिहान ११ बजे सम्मका लागि स्थगित भएको हो ।

निर्वाचनमा व्यहोर्नु परेको हारको जिम्मा कसले लिने भन्नेमा विवाद भएपछि प्रतिवेदन लेखन प्रभावित भएको हो । तर प्रवक्ता विश्वप्रकाश शर्माले औपचारिक रुपमा बस्न नसकेपनि अनौपचारिक बैठक भने चलिनै रहेको दाबी गरे । उनले बैठकमा पेश गर्ने प्रतिवेदन तयारीका बारेमा शनिबार अनौपचारिक छलफल भएको बताए ।

यसअघि केन्द्रीय समिति सदस्यहरुले बोल्ने क्रम सकिएकाले शनिबार महामन्त्री शशांक कोइरालाले प्रतिवेदन पेश गर्नुको साथै महासमितिको बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गरि बैठक सम्पन्न हुने बताईएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);