'सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम' | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

‘सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम’

shakti-basnet

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाको सहरी वन विकासका लागि एकीकृत विकास कार्यक्रम संचालन गर्ने भएको छ ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सहरी वन संरक्षणका लागि स्थानीय र प्रदेश सरकारसँग मिलेर साझा कार्यक्रम तय गर्ने योजना पनि अघि सारे ।

बुधबार सिंहदरबारमा आयोजित ‘काठमाडौं उपत्यकाको सहरी वन विकास’ सम्बन्धि कार्यक्रमलाई सम्बोधन गर्दै उनले वन र वातावरण क्षेत्रको संरक्षणका लागि स्थानीय तहसँग साझेदारी गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

सरकारले यो वर्ष सहरी क्षेत्रको वन विकासका लागि वार्षिक कार्यक्रम नै बनाएर अघि बढ्ने योजना पनि तय गरेको छ । मन्त्री बस्नेतले वन क्षेत्रको संरक्षणका लागि सरोकारवाला निकायहरुबीच संयुक्त पहल हुनुपर्नेमा पनि जोड दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);