सूचनाको हकसम्बन्धी कार्यान्वयन प्रभावकारी : आयोग | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

सूचनाको हकसम्बन्धी कार्यान्वयन प्रभावकारी : आयोग

rastriya suchana aayog

काठमाडौं, १२ बैशाख । राष्ट्रिय सूचना आयोगले सूचनाको हकसम्बन्धी व्यवस्थाको कार्यान्वयन प्रभावकारी बन्दै गएको दाबी गरेको छ । सबै विद्यालय पाठ्यक्रममा सूचनाको हकको विषयवस्तु समावेश गरिएको भन्दै आयोगले यसबारे मुलुकले उपलब्धि हासिल गर्दै गएको दाबी गरेको हो ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत सरकारलाई बार्षिक प्रतिवदन बुझाउँदै प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हक कार्यान्वयनका लागि समाजका सबै अंगसँग प्रभावकारी समन्वय गरिएको बताए । आयोगले शिक्षकहरुको सूचनाको हकसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा लैजाने योजना अघि सारेको छ ।

प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हकलाई व्यवस्थित बनाउन सबै स्थानीय तहलाई पनि आदेश दिइएको प्रधानमन्त्री ओलीलाई जानकारी गराए । संवैधानिक व्यवस्था अनुसार आयोगले आफ्नो वार्षिक प्रतिवेदन सरकारलाई बुझाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);