१६ जनाको मृत्यु हुने गरी सगरमाथामा हिमपहिरो गएको आज तीन बर्ष पूरा | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

१६ जनाको मृत्यु हुने गरी सगरमाथामा हिमपहिरो गएको आज तीन बर्ष पूरा

sagarmatha

काठमाडौं, ५ वैशाख । १६ जनाको मृत्यु हुने गरी सगरमाथा क्षेत्रमा हिमपहिरो गएको आज तीन बर्ष पूरा भएको छ । २०७१ बैशाख ५ अर्थात सन् २०१४ अप्रिल १८ मा गएको हिम पहिरोमा परी १६ जना नेपाली शेर्पा गाइडको मृत्यु भएको थियो ।

सगरमाथा आधारशिविरबाट क्याम्प १ तर्फ जाँदै गर्दा खुम्बु आइसफलमा खसेको हिमपहिरोमा परि भएको उक्त दुर्घटनाको सम्झनामा बैशाख ५ लाई हिमाल आरोहीहरुले कालो दिनको रुपमा सम्झना गर्ने गरेका छन् ।

हिमपहिरोमा पुरिएर वेपत्ता भएका ३ जना व्यक्तिको अवस्था अझै अज्ञात छ । उनीहरुलाई मृतघोषीत गरेर सरकारले मृतकका परिवारलाई बीमा वापतको रकम उपलब्ध गराएको थियो । हिमाल आरोहणको सुरुवातमै ठूलो दुर्घटना भएपछि त्यो बर्ष आरोहण स्थगित गरिएको थियो।

त्यस पछि २०७२ बैशाख १२ गतेको भूकम्पले हिमालय क्षेत्रमा नोक्सान प¥याएपछि त्यही बर्ष पनि हिमाल आरोहण रोकिएको थियो । गएको बर्ष देखि भने सगरमाथा आरोहणका लागि आरोहीको चाप बढेको छ । यस बर्ष पनि सगरमाथा आरोहणका लागि अनुमति लिनेको संख्या बढ्दो छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);