आज डोलेश्वर मन्दिरको सबै ढोका खुला | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

आज डोलेश्वर मन्दिरको सबै ढोका खुला

doleshor

भक्तपुर, ५ वैशाख । वर्षको तीन दिन मात्र भक्तजनहरुको लागि खुल्ला हुने भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिरमा आज अक्षय तृतीयाका दिन चार वटै ढोका खुल्ला गरिएको छ ।

आज अक्षय तृतियाका दिन बिहानैदेखि भक्तजनहरुको लागि मन्दिरका चारै ढोका खुल्ला गरिएको हो । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अनुसार भक्तजनहरुका लागि अक्षय तृतीया, भदौ ६ गते र शिवरात्रीका दिन सो मन्दिरको सबै ढोका खुला गर्ने गरिन्छ ।

पछिल्लो समयमा धार्मिक क्षेत्रका रुपमा परिचित डोलेश्वर मन्दिरमा पूजा आजा गर्न उपत्यकालगायत देश÷विदेशबाट समेत भक्तजनहरु मन्दिरमा आउने गरेका छन् । यसै अवसरमा मन्दिर परिसरमा आज जौंको सातु र सर्वतलगायत फलफूल पनि भक्तजनहरुका लागि वितरण गरिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);