काठमाडौं, ४ बैशाख । प्रतिनिधिसभामा प्रधानमन्त्रीले महिनाको दुई पटक सांसदहरुसँग प्रश्नोत्तर गर्ने व्यवस्था गरिएको छ । तिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रधानमन्त्रीले महिनाको २ पटक सांसदहरुको प्रश्नको जवाफ दिने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।
सरकारलाई संसदप्रति जवाफदेही बनाउन यो व्यवस्था गरिएको उनको भनाइ छ । समितिले सांसदहरुले शुन्य र विशेष समयमा राखेको जिज्ञासाहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने बाध्यतात्मक व्यवस्था पनि गरेको छ । मन्त्रिपरिषदलाई संसद र संसदलाई जनताप्रति उत्तरदायी बनाउन यो व्यवस्था गरिएको सभापति पोखरेलको भनाइ छ ।
समितिमा फौजदारी अभियोगमा मुद्दा लागेका सांसदहरु स्वतः निलम्बन हुने व्यवस्था गर्ने विषयमा पनि छलफल भईरहेको छ । प्रतिनिधिसभा १० वटा समिति बनाउनुपर्ने प्रस्ताव गरिएको छ ।