खुल्ला दिसामुक्त क्षेत्र घोषणा भाषणमै मात्र सिमित | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८१, बुधवार

खुल्ला दिसामुक्त क्षेत्र घोषणा भाषणमै मात्र सिमित

dishamukta chetra

पुष्कर भट्ट
कञ्चनपुर, ३ बैशाख
। कञ्चनपुरलाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको चार महिना भयो । तर नगरपालिका क्षेत्र भित्रै शौचालय नबन्दा जथाभावि सौच गर्ने गरिएको छ । खुल्ला दिसामुक्त क्षेत्र घोषणा भाषणमा मात्र सिमित भएको छ ।

कञ्चनपुरको भिमदत्त नगरपालिका र महाकाली नगरपालीकालाई जोड्ने पर्यटकिय क्षेत्र झोलुङ्गे पुलमा खुल्ला दिसामुक्त भनेर बोर्ड झुन्डाइएको छ । तर सोही क्षेत्रमा शौचालय नहुँदा जथाभावि सौच गर्ने गरिएको छ । त्यस्तै महेन्द्रनगर बजार क्षेत्रमा एउटा पनि सार्बजनिक शौचालय बनाइएको छैन ।

एसियाकै दोस्रो लामो झोलुुङ्गे पुलको अवलोकन गर्न सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । शौचालय नहुँदा नदीको पर्यटकहरुले खुल्ला तटमा सौच गर्ने गरेका छन् । सो क्षेत्रमा शौचालय बनाउन पर्यटकहरुले माग गरेका छन् ।

सो क्षेत्रका स्थानीयले महाकाली नदीको पानी प्रयोग गर्ने गरेका छन् । नदीको तटमा सौच गर्दा स्थानीय दुषित पानी पिउन बाध्य द्धन् । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सार्वजनिक शौचालय स्थानीय तहले बनाउनुपर्ने भन्दै पन्छिएको छ ।

भिमदत्त नगरपालिकाकाले पर्यटकिय क्षेत्र झोलुङ्गे पुल क्षेत्रमा शौचालय नभएको स्वीकार गर्दै निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । गत पौस ७ गते तामझाकासाथ जिल्ललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । तर घोषणा भाषणमा मात्र सिमित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);