काठमाडौं, ३० चैत । निर्वाचन आयोगले यसै बर्ष सम्पन्न निर्वाचनमा ठुलो रकम अनियमित रुपमा खर्च गरेको पाईएको छ । महालेखा परीक्षकको कार्यालयबाट गरिएको लेखा परीक्षकबाट उक्त तथ्य खुलेको हो ।
महालेखा पराक्षकको कार्यालयले बिहीबार सार्वजनि गरेको आर्थिक बर्ष २०७३/ ७४ को लेखापरीक्षण प्रतिवेदनमा आयोगले कर्मचारी विमा, मतपत्र, छपाई, स्ट्याम्प प्याड, मसी तथा अन्य सामग्री खरिद, मतदाता शिक्षा, आचारसंहिता अनुगमन तथा निर्वाचन व्यवस्थापनलगायतमा नियम विपरत बढी रकम खर्च गरेको औल्याएको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ ।