दाउन्ने उकालोमा सडक भत्किदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

पुष २० २०८१, शनिबार

साउन २८ , काठमाण्डौँ । शुक्रबार विहानदेखिको लगातार वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको बर्दघाट नगरपालिका ४ स्थित दाउन्ने उकालोमा सडक भत्किएको छ ।

सडक भत्किएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । भारी वर्षाका कारण दाउन्नेको एस मोडबाट पूर्वतर्फ एक किलोमिटरको दूरीमा सडकको एक लेन भत्केपछि यातायात ठप्प भएको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाटका अनुसार भत्कीएको ठाउँभन्दा तीन मिटरको दूरीसम्म बाटो चर्किएको छ । जसका कारण पूर्व पश्चिम यात्रा गर्ने साना तथा ठूला सवारीसाधन र यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । भारी वर्षा कारण दाउन्ने र दुम्कीबासको विभिन्न ठाउँमा पनि पहिरो झरेको छ । एक हप्ता अगाडि नै ठाउँठाउँमा पहिरो झरेर ठप्प बनेको यातायात एकतर्फी सुचारु गरिएको थियो । तर वर्षाकै कारण सडक भत्किएपछि यातायात पूर्ण रुपमा ठप्प भएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);