हिन्दु राष्ट्र र राजसंस्थाबाट पछि हट्न सकिँदैन : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

हिन्दु राष्ट्र र राजसंस्थाबाट पछि हट्न सकिँदैन : कमल थापा

kamal thapa

काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने पार्टीको अडानबाट पछि हटन नसकिने स्पष्ट पारेका छन् ।

अध्यक्ष थापाले एकचोटी निर्वाचन हार्दैमा पार्टीको सिद्धान्तबाट विचलित नहुन पार्टीका नेता, कार्यकर्तालाई पनि सचेत गराए । बुधबार काठमाडौंमा आयोजित पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टी आफ्नो सिद्धान्तबाट विचलित नहुने स्पष्ट पारे ।

अध्यक्ष थापाले पार्टीले सरकारमा रहँदा समेत हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रको पक्षमा राज्यको स्रोत र साधनलाई समेत सदुपयोग गरेको स्मरण गराए । अध्यक्ष थापाले पार्टीले लिएको सिद्धान्तलाई स्थापित गराउन लागि पर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);