यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

यूएस-बंगाल जहाज दुर्घटनामा मुख्य दोषी को ?

plane crash

काठमाडौं, २८ चैत । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गएको फागुन २८ मा भएको यूएस बंगाल एयरलाईन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औँल्याएको छ ।

दुर्घटना जाँचबुझ आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझाएको छ । आयोगलाई एक महिनाभित्र प्रारम्भिक प्रतिवेदन बुझाउने समय दिएको थियो । उक्त प्रतिवेदन मन्त्री अधिकारीले मन्त्रिपरिषदमा पेश गर्नेछन् । जाँझबुझ आयोगले दुर्घटनाको विषयमा प्रारम्भिक प्रतिवेदन तयार गर्दै पुरै अध्ययनपछि मात्रै दुर्घटनाको कारण पत्ता लाग्ने भन्दै प्रतिवेदनमा कुनै पनि विषय ठोस रुपमा भने उल्लेख गरेको छैन् ।

आयोगका एक सदस्यका अनुसार छलफलमा धेरै विषयहरु आएको र विस्तृत अध्ययन गरिनेछ । ती सदस्यका अनुसार पाइलट प्रमुख दोषी भएको र त्यसमा एयर ट्राफिक कन्ट्रोलरले पनि सही निर्णय लिन नसकेको छानविनले देखाएको छ । जहाज अवतरण गर्ने क्रममा पाइलटले मिसअप्रोच लिएपछि जहाज दुर्घटना भएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । दुर्घटनामा ५२ जनाले ज्यान गुमाएका थिए । आजको कारोबारमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);