काठमाडौं, २७ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षकमा बढुवाको निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आधा घण्टा अगाडिदेखि बैठक बसेको हो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण भोलि अवकाश पाउँदैछन् । त्यहि कारण महानिरीक्षकमा बढुवाको निर्णयका लागि मन्त्रिपरिषद्को बैठक बसिरहेको हो ।
नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षकहरु रमेश खरेल, सर्वेन्द्र खनाल, पुष्कर काकी, उत्तम कार्की, मनोज न्याउपाने र धिरु बस्नेत महानिरीक्षकको दौडमा छन् । प्रहरी महानिरीक्षक अर्यालसँगै अतिरिक्त महानिरिक्षकहरुले पनि सेवा अवधिका कारण भोलि अवकाश पाउन लागेका कारण सरकारले प्रहरी नायब महानिरीक्षकबाट महानिरिक्षक छान्न लागेको हो ।




