कञ्चनपुर, २५ चैत । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरीक तथा बाह्य पर्यटकको संख्या बढ्न थालेको छ । विगतमा विदेशी पर्यटक फाटफुट पुग्ने गरेपनि आजभोली दैनिक ७-८ जना विदेशी पर्यटक निकुञ्जमा पुग्ने गरेका छन् ।
चालु आर्थिक बर्षको माघसम्म २ हजार ९३ जना पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्ज कार्यालयका अनुसार सार्क राष्ट्रका १ सय ४३ जना, विदेशी पर्यटक ९६ जना र नेपाली १ हजार ८ सय ५४ जना पर्यटक निकुञ्ज पुगेका हुन् ।
गत अर्थिक बर्षमा १ हजार ९ सय २० पर्यटकले अवलोकन गरेका थिए । निकुञ्जको स्तरोन्नति भएपछि पछिल्लो समय पर्यटकको संख्या बढन थालेको निकञ्जको भनाई छ । बाह्रसिंगे, बाघ, गैंडा र चरा अवलोकनका लागि पर्यटकहरु निकुञ्जमा पुग्ने गरेका छन् ।