साउन २७, काठमाण्डौं ।
बंगलादेशका सहिदूल इस्लाम बुहक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास ‘विमस्टेक’ को महासचिवमा नियुक्त हुनु भएको छ ।
शुक्रबार काठमाडौंमा सम्पन्न विमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकले इस्लामलाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान महासचिव
सुमित नाकन्दालाको कार्यकाल सकिएकाले इस्लामलाई महासचिव नियुक्त गर्ने निर्णय गरिएको उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिनु भयो ।
बैठकले विमस्टेकको सचिवालय बजेट समेत पारित गरेको छ । त्यसैगरी विमस्टेकको बजेट र प्रशासनिक संरचनाका लागि आवश्यक नीतिगत व्यवस्था पनि गरिएको परराष्ट्रमन्त्री महराले बताउनु भयो ।