रौतहटको विभिन्न स्थानमा सीमा सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

रौतहटको विभिन्न स्थानमा सीमा सुरक्षा व्यवस्था कडा

seema surakshya

राकेश यादव
रौतहट, २५ चैत
। भारतसँग सीमा जोडिएको रौतहटको विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको छ । पछिल्लो समय अपराधका घटना बढेको भन्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । सुरक्षा व्यवस्था चुस्त राख्न नेपाल भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती पनि सुरु गरेका छन् ।

भारतसँग सीमा जोडिएको रौतहटमा सशस्त्र प्रहरीले चेक प्वाइन्ट बनाएर सुरक्षा व्यवस्थामा कडाई गरेको छ । खुल्ला सीमानामा भारतीय सुरक्षा बलसँग मिलेर संयुक्त गस्ती पनि सुरु गरिएको छ । पछिल्लो समय सीमा क्षेत्रमा अपराध बढेको भन्दै सुरक्षा व्यवस्था चुस्त बनाइएको हो । संयुक्त सुरक्षा गस्ती सुरु गरिएपछि स्थानीय र व्यापरीहरुले सुरक्षाको अनुभुति गरेका छन् ।

सीमा क्षेत्रमा चोरी पैठारी हुनुका साथै भारतीय पक्षबाट नेपालीले दख पाएकाले अपराधिक गतिविधि रोक्न प्रहरीले गस्ती सुरु गरेको जनाएको छ । रौतहटको २६ किलोमिटरको भूभाग भारतको बिहारसँग जोडिएको छ । सो क्षेत्रबाट आपराधिक समूह तथा साना हतियारहरु नेपाल भित्रने गरेको छ । अपराधलाई न्यूनिकरण गर्न सीमा सुरक्षाको लागि रौतहटमा ४ सय ५० जना सशस्त्र प्रहरी खटाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);