विमस्टेक बैठक सम्पन्न : चौंथो शिखर सम्मेलन नेपालमा गर्ने निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

विमस्टेक बैठक सम्पन्न : चौंथो शिखर सम्मेलन नेपालमा गर्ने निर्णय

२७ साउन, काठमाडौं । बुहक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ‘विमस्टेक’ को चौंचो शिखर सम्मेलन नेपालमा हुने भएको छ । विमस्टेकको शुक्रबार काठमाडौंमा सम्पन्न १५ औं मन्त्रीस्तरीय बैठकले चौंथो शिखर सम्मेलन नेपालमा गर्ने निर्णय गरेको हो ।

 

सदस्य राष्ट्रहरुसँग आवश्यक परामर्श गरी शिखर सम्मेलनको मिति तोक्ने जिम्मेवारी पनि अध्यक्ष राष्ट्रको हैसियतले नेपाललाई दिइएको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सबै सदस्य राष्ट्रहरुको समय अनुकूल हुने गरी शिखर सम्मेलनको मिति तय हुने पनि स्पष्ट पार्नुभयो । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यान्मार र थाईल्याण्ड विमस्टेकका सदस्य राष्ट्रहरु हुन ।

 

बैठकले विगतमा सदस्य राष्ट्रहरुबीच भएका सहमति तत्काल कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । सदस्य राष्ट्रहरुबीच विगतमा भएका गरिवी निवारण, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण, आतंकवाद र अपराध नियन्त्रण लगायतका कार्ययोजनालाई तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरिएको हो ।

 

परराष्ट्रमन्त्री महराले विगतमा भएका ती कार्ययोजना कार्यान्वयनमा लैजान बैठकले एक प्रवद्ध समूह गठन गर्ने निर्णय पनि गरेको जानकारी दिनु भयो ।

बैठकले खुला व्यापार सम्झौता लगायतका विषयलाई पनि तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरेको छ । विहिबार बैठकको उदघाटन गर्दै विमस्टेकमा अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले यस क्षेत्रको गरिवी हटाउन सबैको सामूहिक पहलको आवश्यक्तामा जोड दिनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);