संविधानका केही प्रावधान अस्पष्ट, मस्यौदा समिति नै अलमलमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

काठमाडौं, २४ चैत । संविधानमा कतिपय प्रावधान अस्पष्ट भएको भन्दै संघीय संसदको नियमावली मस्यौदा समिति अलमलमा परेको छ । फागुन २२ गते प्रतिनिधिसभाले १३ र राष्ट्रियसभाले ९ सदस्यीय मस्यौदा नियमावली समिति बनाएको थियो ।

दुवै सभाले नियमावली टुंगो लगाइसकेको बताएका थिए ।  समाचारमा लेखिएको छ, केही विषयमा संविधानमा लेखिएका प्रावधान अस्पष्ट भएको भन्दै समितिले नियमावली टुंगो लगाउन सकेका छैनन् । राष्ट्रिसभा नियमावली मस्यौदा समितिका संयोजक परशुराम मेघी गुरुङले भने,

हामीले संविधानमा भएका व्यवस्थालाई मान्नुपर्छ । तर, त्यहीँ नै प्रष्ट नभएपछि के गर्ने अन्योल छ ।यसबारे अब अन्य विज्ञसँग पनि छलफल गर्ने पक्षमा छौँ । प्रतिनिधिसभाको नियमावलीमा छुटेका बुँदालाई पनि हामी समेट्छौँ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);