काठमाडौं, २३ चैत । प्रधामन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण को तालिका अनुसार आज भारत पुगिसकेका छन् । उनलाई इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । भारत जानु अघि पूर्व-प्रधानमन्त्रीहरुसँग गरिएको छलफलको क्रममा पूर्व-प्रधानमन्त्रीहरुले द्विपक्षीय हित र राष्ट्रिय स्वार्थलाई उच्च सम्मान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले बैसाख ९ गते पार्टी एकता हुने भनेर मिति तय गरेका छन् । त्यस भन्दा अघि सरकार गठन हुने क्रममा मधेश केन्द्रित दलहरुलाई सरकारमा सहभागी गराउने उनको चाहना पनि पुरा हुन सकेन । सरकारमा जाने चर्चा चलेको राजपा, जो अहिले शान्त भएर बसेको छ, अहिले के गर्दै छ ? यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनाता पार्टीका नेता शरतसिंह भण्डारीसँग गरेको कुराकानी हेर्नुहोस् :
केन्द्र सरकारका कारण प्रदेश २ को सरकार संकटमा : शरतसिंह भण्डारी (भिडियो सहित)
ताजा समाचार
सङ्घीयताबारे तर्कहीन टिप्पणी नगर्नू ः सभामुख घिमिरे
१७ घन्टा अघि
प्रधानमन्त्रीसँग बङ्गलादेशका राजदूतको बिदाइ भेट
१८ घन्टा अघि