६ महिनाभित्रै नेपालमा आधुनिक रेल कुदाएर छाड्ने : रघुवीर महासेठ | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

६ महिनाभित्रै नेपालमा आधुनिक रेल कुदाएर छाड्ने : रघुवीर महासेठ

raghubir

काठमाडौं, २२ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ६ महिनाभित्रै नेपालमा आफ्नै आधुनिक रेल कुदाएर छाड्ने दाबी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री महासेठले बढिमा ६ महिनाभित्रै जयनगर–जनकपुर–बर्दिवास–सिमरासम्म रेल कुद्ने बताएका छन् ।  प्रधानमन्त्रीले दुई वर्षभित्र भने पनि ६ महिनाभित्रै निश्चित दुरीमा रेल कुदाउने दाबी मन्त्री महासेठले गरे । जयनगर–जनकपुर–बर्दिवास–सिमरा र सिमराबाट लुम्बिनीसम्म रेल पुर्याउने उनले बताए ।

मन्त्री महासेठले रेलमार्गका लागि डिपिआर बनाइसकेको दाबीसमेत गरे । त्यसैगरी ५ वर्षभित्रमा काठमाडौंवासीले रेल चढ्न पाउने उनले बताए । मन्त्री महासेठले भारतीय सहयोग र नेपालको लगानीमा निर्माणाधिन रहेको हुलाकी राजमार्ग पनि द्रुत गतिमा अघि बढिरहेको जानकारी दिए ।