मुख्यमन्त्री पत्नीलाई घरमै बसी-बसी तलब | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

मुख्यमन्त्री पत्नीलाई घरमै बसी-बसी तलब

money

कालिकोट, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी(बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।

पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो ।

मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालू आर्थिक वर्षको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब बुझिसकेकी छिन् । तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आउने गरेको स्रोतले जानकारी दिएको छ ।

महेन्द्रबहादुर शाही ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि चन्दाकुमारी काठमाडौंमा बस्दै आएकी थिइन् । प्रधानाध्यापक, जिल्ला शिक्षा अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा चन्दालाई चार्चार महिनामा एकैचोटी हाजिरी गराई तलब दिने गरिएको छ ।

राजीनामा स्वीकृत भएपछि पनि उनले तलब लिएको खुलेको छ । उनले २०७४ मंसिर २१ मा राजीनामा दिएकी थिइन् । व्यवस्थापन समितिले माघ १८ गते उनको राजीनामा स्वीकृत गरिसकेको छ । जिल्ला शिक्षा कार्यालयमा पनि माघ २१ मै राजीनामा अभिलेख भएको छ । आजको अन्न्पुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);