अमेरिकी वस्तुमा २५ प्रतिशत अतिरिक्त कर लगाउने चीनको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८२, मंगलबार

अमेरिकी वस्तुमा २५ प्रतिशत अतिरिक्त कर लगाउने चीनको घोषणा

एजेन्सी, १९ चैत । चीनले अमेरिकी वस्तुमा २५ प्रतिशत अतिरिक्त कर लगाउने घोषणा गरेको छ । चिनियाँ वस्तुमा अतिरिक्त कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमको जवाफ दिँदै चीनले अमेरिकी वस्तुमा २५ प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेको हो ।

चीनले सुंगुरको मासु, फलफूल, वाइन लगायतका वस्तुमा झन्डै ३ अर्ब अमेरिकी डलर बराबरको कर बढाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग अर्बौ व्यापार घाटा रहेको भन्दै मार्च २३ देखि लागू हुने गरी चीनबाट आयात हुने विभिन्न वस्तुमा अतिरिक्त कर लगाउने घोषणा गरेका थिए ।

चीन र अमेरिकाबीचको पछिल्लो व्यापारिक तनावले दुवै देशबीच व्यापार युद्ध उत्र्कषमा पुग्ने अनुमान गरिएको छ । यी दुवै देशको कदमको प्रभाव सोमबार बिहानैदेखि टोकियो र हङकङ स्टक मार्केटमासमेत देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);