विद्यालयको पुननिर्माणका लागि स्थानीय जुटे | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

विद्यालयको पुननिर्माणका लागि स्थानीय जुटे

school

रामेछाप, १९ चैत । जिल्लाको गोकुलगंगा–२ स्थित जलकाली निम्न माध्यमिक विद्यालयको पुन: निर्माणका लागि स्थानीय जुटेका छन् ।

भूकम्प प्रभावित विद्यालयको पुन: निर्माणका लागि जग्गा अभाव भैरहेका बेला स्थानीय ८४ वर्षीय ललितबहादुर कार्की र हेम कुमारी कार्कीले दुई रोपनी दुई आना जग्गा दान गरेका छन् । विद्यालय पुन: निर्माणका लागि जग्गा अभाव भैरहेका बेला बयोबृद्ध कार्कीले आफ्नो नाममा रहेको जग्गा विद्यालयको नाममा नामसारी गरिदिएका हुन् ।
विद्यालयकी प्रधानाध्यापीका सरीता कार्कीले उक्त जग्गा विद्यालय हातासँगै जोडिएकाले पुननिर्माणका लागि सहज भएको बताईन् । कार्यक्रममा रामेछापका प्रदेससभा सांसद शान्तिप्रसाद पौड्यालले सामुदायीक विद्यालयको स्तर उन्नतीका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताए ।

जग्गा अभावका कारण विद्यालयको पुन: निर्माण रोकिएको थियो । विद्यालयमा दलित, जनजाति र पिछडिएको समुदायका सहित तीन सय बालबालिका अध्ययन गर्दै आइरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);